त्रिवेणी । अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने बताएका छन् । आज नवलपरासीको नवलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले एनसेल बिक्री प्रकरणकामा सम्बन्धित निकायबाट जानकारी लिने काम भइरहेको र त्यसको आधारमा सरकार निष्कर्षमा पुग्ने बताए ।
नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरण र राजस्वका सम्बन्धमा राजस्व अनुसन्धान एवं कर कार्यालयका पदाधिकारीसँग छलफल जारी रहेको भन्दै मन्त्री महतले त्यसपछि सरकार निष्कर्षमा पुग्ने बताए । “किनबेच गर्ने निकायले, नियमन गर्ने निकायसँग त्यसको अनुमति लिएर किनबेच गर्नुपर्ने व्यवस्था छ । त्यसको बाबजुद बाहिरनै किनबेच भयो भन्ने कुरा आएको छ । यसको गहिराइमा हामी पुग्छाँै, हाम्रो कानुनी व्यवस्था जे छ, कानुनी व्यवस्थाको आधारमा यसको गहिराइमा गएर विश्लेषण गरी सरकार निष्कर्षमा पुग्नेछ” अर्थमन्त्रीले भने । किनबेच हुने कुरा कुनै अनौठो विषय नभएको तर विधिपूर्वक कान्ुनी व्यवस्था अनुसार भयो कि भएन भन्ने कुरा प्रमुख रहेको उनले बताए ।
“कानुनी व्यवस्थाअनुसार किनेबेच भयो भएन भन्ने हो, कुनै कारणले रकम कम देखाएको त छैन, त्यसको यथार्थ मूल्यभन्दा के कारणले तल भयो त्यसको छानबिन हुनुपछर्,” अर्थमन्त्री डा महतले भने “तर किनबेच हुँदैमा लगानी कर्ता आउन खोजेनन्, हाम्रो अर्थनीति ठीक भएन भन्ने होइन ।” अर्थमन्त्री डा महतले अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बताए । उद्यमीका समस्या सम्बोधन गर्न राष्ट्रबैंकमार्फत गृहकार्य भइरहेको उनले बताए । बैङ्कसँग ऋण लिएपछि जसरी पनि तिर्नुपर्नेमा उनले जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम





