मुकाम डेस्क । इजरायली आक्रमणमा परी गाजामा मृत्यु हुनेको संख्या १६ हजार नजिक पुगेको हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बीबीसीका अनुसार मन्त्रालयले आइतबार तथ्यांक सार्वजनिक गरेदेखि अहिलेसम्म थप ३४९ जनाको मृत्यु भएको जनाएको छ ।
मन्त्रालयका अनुसार अक्टोबर ७ मा सुरु भएको इजरायल–हमास युद्ध पछि गाजामा १५ हजार ८९९ जनाको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालय हमासले सञ्चालन गरिरहेको छ ।
मारिनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका हमासले जनाएको छ ।
अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायल प्रवेश गरी आक्रमण गर्दा १२०० इजरायलीको मृत्यु भएको थियो । हमासले करिब २४० जनालाई बन्धक बनाएर गाजा फर्काएको थियो ।
लगत्तै इजरायलले हमासविरुद्ध आक्रमण सुरु गरेको थियो । इजरायलले युद्धको उद्देश्य हमासलाई गाजा पट्टीबाट हटाउनु रहेको बताएको छ ।
शुक्रबार समाप्त भएको सात दिने अस्थायी युद्धविराममा १०० भन्दा बढी बन्धकहरूलाई रिहा गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने



ट्रेन्डिङ
खबरमुकाम







