काठमाडौैं । हिमालयन रि-इन्स्योरेन्सले हिमालयन बैंकमा रहेको हबिब बैंकको संस्थापक सेयर किन्ने भएको छ । हबिब बैंक र हिमालयन रिबीच सेयर किनबेच सम्झौता भइसकेको छ । सोही अनुसार हिमालयन बैंकको सञ्चालक समितिले पनि हिमालयन रिलाई हबिबको सेयर बिक्री दिने सिफारिस गरेको छ ।
देशका ठूला व्यापारिक घराना संस्थापक रहेको हिमालयन रि-इन्स्योरेन्स पछिल्लोसमय आफ्नो पोर्टफोलियो बढाउन आक्रामक ढंगले लगानी विस्तारको रणनीति बनाएको छ।
हिमालयन ब्राण्डमा विभिन्न बिजनेश गर्दै आएको समूहद्धारा प्रवद्र्धित हिमालयन रिले हिमालयन बैंकमा रहेको हबिब बैंकको २ करोड ८० लाख २० हजार कित्ता अर्थात् चुक्ता पुँजीको १२.९३ प्रतिशत सेयर किन्न लागेको हो । स्रोतका अनुसार प्रतिकित्ता १३० रुपैयाँका दरले ३ अर्ब ६४ करोड रुपैयाँमा डिल फाइनल भइसकेको छ । हिमालयन बैंकको चुक्ता पुाजी २१ अर्ब ६५ करोड २० लाख रुपैयाँ रहेको छ ।
३१ वर्ष लामो साझेदारी टुंग्याउँदै हबिब हिमालयन बैंकबाट बाहिरिन खोजेको हो । पाकिस्तानको अर्थतन्त्र समस्यामा परेपछि हबिब बैंक पनि समस्यामा परेको छ । विदेशमा रहेको आफ्नो लगानी फिर्ता गर्ने रणनीति अनुसार हबिबले धमाधम आफ्नो सेयर बिक्री गरिरहेको छ । केही वर्षयता उसले हिमालयन बैंकमा रहेको आफ्नो सेयर बिक्रीमा राखेको थियो । बेलायतको एउटा नियोग र कर्मचारी सञ्चय कोषले उक्त सेयर किन्नका लागि डिल गरेपनि उक्त डिल फाइनल हुन सकेको थिएन । त्यो बेला प्रतिकित्ता २५० रुपैयाँ मूल्य राखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
- प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
- ग्यासको अभाव कायमै, उपभोक्ता घण्टौँ लाइनमा
- बाढीपहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
- होर्मुज जलडमरूमध्यबारे इरान–ओमान वार्ता सकारात्मक, तत्काल पूर्ण रूपमा नखुल्ने
- आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी
- नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

ट्रेन्डिङ
खबरमुकाम







