दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त गर्न पेट्रोलियम अन्वेषणको विकल्प नभएको बताएका छन् ।
सोमबार बिहान दैलेखको दुल्लु पुगेर पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गर्दै उनले पेट्रोलियम पदार्थको उत्खनन गर्नुपर्नेमा जोड दिए ।
भैरवी गाउँपालिका(१ स्थित पेट्रोलियम अन्वेषण स्थलको स्थलगत अवलोकनका क्रममा उनले पेट्रोलियम अन्वेषणको काम आफ्नो पालामा भएको उल्लेख गर्दै उक्त कामलाई तीव्रता दिनुपर्ने बताए ।
‘दैलेख पुरातात्त्विक महत्वको जिल्ला मात्रै होइन, पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको जिल्ला पनि हो’, अध्यक्ष ओलीले भने, ‘हाम्रै एमाले नेतृत्वको सरकारको पालामा यसको थप खोज, अध्ययन र अनुसन्धानको काम अघि बढाउनु पर्छ भनेर अन्वेषणको कामका लागि टोली खटाएका थियौँ ।’
अन्वेषणको कामका लागि खटाइएको चिनियाँ टोलीको निचोडका बारेमा अन्वेषण विभागको टोलीसँगको ब्रिफिङ पछि अध्यक्ष ओलीले देशलाई समृद्धिको मार्गमा ल्याउन पेट्रोलियम पदार्थको उत्खननले ठूलो भूमिका खेल्ने बताए ।
दैलेखको जलजलेमा भएको पेट्रोलियम अन्वेषण स्थलमा एमाले अध्यक्ष ओली नेतृत्वको हाईकमाण्डलाई जानकारी दिँदै खानी तथा भूगर्भ विभागका अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापीतले चिनियाँ अन्वेषण टोलीले पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको निचोड निकालेको भनाइ राखे ।
उत्खनन गर्दा पहिलो तेल ३५ सय देखि ४ हजार मिटरसम्म देखिएको छ । उत्खनन टोलीको प्रतिवेदनका अनुसार उत्खनन गर्दा दोस्रो तहमा ग्याँसका रेखाहरू देखिएको नापितले उल्लेख गरे ।
‘चिनियाँ कम्पनी गरेको शेष्मिक सर्भेले ३५ सय देखि ४ हजार मिटरसमको उत्खनन गर्दा पेट्रोलियम पदार्थको राम्रो सम्भावना देखियो’ नापितले भने, ‘हामीले ४५ सय मिटरसम्मको उत्खनन गर्दा ग्याँस र पेट्रोलियम पदार्थको सम्भावना यहाँ दैलेख निकै राम्रो सम्भावना देखियो ।’
पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेलसहितका केन्द्रीय नेताहरूसँगै उत्खनन स्थलमा पुग्नु भएका अध्यक्ष ओलीलाई परियोजना प्रमुख नापितलाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरे ।
देशकै आर्थिक अवस्था सुधार हुने आशा गरिएको पेट्रोलियम उत्खननको अन्तिम अन्वेषणको कामका लागि एमाले अध्यक्ष ओलीको पालामा उत्खनन स्थलमा आवश्यक पर्ने ४५ रोपनी अधिकरण गर्ने काम र अन्वेषणको काम शुरु भएको थियो ।
दैलेख जिल्लाको भूभागमा पेट्रोल र ग्याँसको भण्डारण भएको भन्दै २०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो ।
नेपाल सरकार र चीन सरकारबिच भएको सम्झौता अनुसार दैलेखमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







