चितवन । चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले आकर्षक मूल्य पाउन थालेको छ । उचित मूल्य पाउन थालेपछि किसान उत्साहित भएका छन् ।
सुन्तला पर्याप्त उत्पादन हुने यस क्षेत्रका किसानले सुरुआतमै अगौटेबाट राम्रो आम्दानी लिन सफल भएका छन् । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले उचित मूल्य पाएको बताए। उनले अहिले सुन्तलाको होलसेल मूल्य प्रतिकिलो रु ९० सम्म परेको बताए । बोहराले भने, “कम उत्पादन भए पनि मूल्य राम्रै पाएका छौँ ।”
बोहोराले दुई बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन् । वैदेशिक रोजगारमा गएर राम्रो नभएपछि तीन महिनामा नेपाल फर्किएका ३३ वर्षीय उनी सुन्तलाबाट विदेशको भन्दा राम्रो कमाइ भएको बताउन्छन् । बुबाको पालादेखि आफ्नो घरका लागि मात्रै सुन्तला खेती गरिएको भए पनि विस्तारै यसलाई व्यावसायिक गर्दै जाँदा अहिले आम्दानीको मुख्य स्रोत नै सुन्तला खेती भएको उनले बताए ।
बोहोराले भने, “अहिले सुन्तलाको मूल्यबाट सन्तुष्ट छु । अन्य साथीहरु पनि सन्तुष्ट हुनुहुन्छ । अझै सुन्तलाको मूल्य बढ्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । विगत वर्षहरुमा यति बेला प्रतिकिलो रु ७० हाराहारीमा सुन्तला बिक्री हुने गरेको थियो ।”
सुन्तलाले उचित मूल्य पाउँदा इच्छाकामना गाउँपालिकाका किसान हर्षित छन् । इच्छाकामना–३ माझगाउँका सीताराम गुरुङले चार बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन् । उनले अहिले उत्पादन भएको सुन्तलाले बजार मूल्य राम्रो पाएको भन्दै यही मूल्य कामय रहे यस वर्ष राम्रो आम्दानी लिन सकिने बताए ।
उनले भने, “अहिले होलसेल मूल्य नै प्रतिकिलो रु ९० देखि रु १०० सम्म परेको छ । यो बढ्दै जाने देखिन्छ ।” बजार भाउ स्थिर रहन नसक्ने भएकाले अहिलेको मूल्यबाट घटवढ हुनसक्ने भन्दै उनले बजारको व्यवस्था गर्न सके व्यावसायिक सुन्तला खेती गर्ने किसानले राम्रो आम्दानी लिन सक्ने बताए ।
गुरुङले भने,“अहिले थोरै उत्पादन भएको छ । त्यही कारणले मूल्य पाउन सकेको हो ।" २४ वर्षको उमेरदेखि सुन्तला खेती गर्दै आएको अनुभव सुनाउँदै ६० वर्षीय गुरुङले अगौटे सुन्तलाले राम्रो मूल्य पाएको बताए । आफू सुन्तला खेतीबाट सन्तुष्ट रहेको उनले बताए । उहाँले वार्षिक रु चारदेखि रु पाँच लाखसम्मको सुन्ताल बेच्दै आएका छन् ।
इच्छाकामना गाउँपालिकाको कृषि विकास शाखा प्रमुख आशिष त्रिपाठी अहिले बजारमा आएको सुन्तलालाई बजारको अभाव नभएको बताउँछन् । उनले भने, “बजारको अभाव पनि छैन र सुन्तालाले राम्रो मूल्य पनि पाएको छ ।” केही किसानले ठेकेदारमार्फत सुन्तला बजारमा ल्याउने हुँदा मूल्य पाए पनि पैसा नपाउने समस्या भएको भन्दै उनले यो समस्या समाधानका लागि शाखाले सहकार्य गर्ने प्रयास गरिरहेको बताए । यस पालिकामा ३५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आइएको छ । जहाँ वार्षिक तीन सय मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ को पहाडी क्षेत्रमा सुन्तला खेती गरिँदै आइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?
- सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहिन महिला संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
- सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पामा छुट पाउने
- भ्रामक र आधारहीन समाचारप्रति प्रभु बैंकको आपत्ति
- नबिल बैंकले एजुकेशन हबमार्फत शैक्षिक कर्जा, वित्तीय परामर्श र बैंकिङ सहायता उपलब्ध गराउने

ट्रेन्डिङ
खबरमुकाम







