काठमाडौं । मारुती सिमेन्टले उद्योगको क्षमता थप गरेको छ । हाल सञ्चालनमा रहेको क्षमतालाई थप गरी उत्पादन बढाउने तयारी गरेको हो ।
हाल दैनिक १५ सय मेट्रिक टन क्लिंकर उत्पादन गर्दै आएकोमा लगानी थप गरी दैनिक ३३ सय मेट्रिक टन क्लिंकर उत्पादन गर्ने गरी उद्योग विस्तार गरिएको हो । दैनिक २ हजार ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएकोमा दैनिक ४ हजार मेट्रिक टन उत्पादन गर्ने गरी विस्तार गरिरहेको जनाएको छ ।
उद्योग विस्तारका लागि लाग्ने ६ अर्ब २१ करोडमध्ये ६३ प्रतिशत बैंकबाट र ३६ प्रतिशत कम्पनीले लगानी गर्ने भएको छ । अहिले क्षमता विस्तार गरेको उद्योग परीक्षणको क्रममा भएकाले आगामी २०२४ देखि भने व्यावसायिक कारोबार गर्नेछ ।
५ अर्ब ५५ करोड ६५ लाख रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । दीर्घकालीन कर्जाका लागि ३ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ अर्थात् ए माइनस र अल्पकालीन कर्जाका लागि १ अर्ब ८९ करोड ८१ लाख रुपैयाँ अर्थात् एटुप्लस रेटिङ पाएको छ । व्यापार ११ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ११ प्रतिशतले घटेको हो ।
कम्पनीले सन् २०२२ मा ५ अर्ब ५ करोड रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा ४ अर्ब ३३ करोड ९० लाख रुपैयाँ ९अपरिष्कत०को व्यापार गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२१ मा ६ अर्ब ९० करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२३ मा १४ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२२ मा २५ करोड ५० लाख रुपैयाँ कमाएको थियो । कम्पनीको व्यापार हरेक वर्ष घट्दै गएको देखिएको छ । सन् १९९४ मा स्थापना भएको कम्पनीले क्लिङ्कर र ग्रान्डिङ सिमेन्ट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीसँग दैनिक १५ सय मेट्रिक टन क्लिङ्कर र २ हजार मेट्रिक ग्रान्डिङ सिमेन्ट उत्पादन क्षमता छ । त्यसैगरी, कम्पनीले दैनिक २ हजार मेट्रिक टन क्षमतामा ग्रान्डिङ सिमेन्ट उत्पादन गर्ने गरी उद्योगलाई विस्तार गरेको छ । सन् २०२३ देखि भने प्रशिक्षण गरिरहेको कम्पनीको भनाइ छ । त्यसमा आगामी सन् २०२४ को जनवरीदेखि भने व्यवसायिक कारोबार गर्ने भएको छ ।
नन्दकिशोर राठी अध्यक्ष र सुनिल खेम्का प्रबन्ध निर्देशक रहेको कम्पनीले ‘मारुती’ ब्राण्डमा उत्पादित सिमेन्ट बिक्री वितरण गर्दै आएको छ । नारायाणघाट र काँकडभिट्टा मुख्य बजार रहेको कम्पनीको देशभर करिब दुई सय वितरक छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






