काठमाडौं । सर्वसाधारणलाई सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) भर्न कम्तीमा १८ हजार रुपैयाँ चाहिने भएको छ ।
सर्वसाधारणलाई कम्पनीको आईपीओ मूल्य प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा पर्ने भएको छ । बुक बिल्डिङ पद्दतीमार्फत सर्वसाधारणलाई पहिलो पटक खुल्न लागेको यो आईपीओमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्छ ।
जसले गर्दा सर्वसाधारणलाई कम्तीमा १८ हजार ४५ रुपैयाँ चाहिने भएको हो । सो मौज्दात रकम बैंक खातामा नभएको खण्डमा आवेदन स्वतः रद्द हुन जानेछ ।
आईपीओ बाँडफाँटका क्रममा पर्ने लगानीकर्ताले कम्तीमा ५० कित्ता नै सेयर पाउने छन् । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) संस्थागत लगानीकर्ताहरुलाई बाँडफाँट गर्ने क्रममा ‘कटअफ प्राइस’ ४०१ रुपैयाँ तय भएको थियो ।
बुक बिल्डिङ निर्देशिकाअनुसार संस्थालाई ‘कटअफ’ मूल्य निर्धारण भइसकेपछि सोको १० प्रतिशत मूल्य घटाएर मात्रै सर्वसाधारणलाई सेयर जारी हुन्छ । कटअफ मूल्य ४०१ रुपैयाँ हुँदा त्यसको १० प्रतिशत अर्थात् प्रतिकित्ता ४० रुपैयाँ १० पैसा कममा सर्वसाधारणलाई जारी गरिनुपर्ने व्यवस्था छ । यसअनुरुप सर्वसाधारणलाई ३६० रुपैयाँ ९० पैसा पर्ने भएको हो ।
सर्वोत्तमले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर पहिले योग्य संस्थागत लगानीकर्तालाई प्रदान हुनेछ भने बाँकी ६० प्रतिशत अर्थात ३६ लाख कित्ता सेयर सर्वसाधारणलाई जारी हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





