काठमाडौँ । बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) मा सुत्केरीको मृत्यु भएपछि डाक्टरमाथि कुटपिट भएको छ ।
बिरामीका आफन्तको आक्रमणबाट अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र बस्याल गम्भीर घाइते भएका छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
गुल्मीको सत्यवती गाउपालिका ठूलो लुम्पेक घर भई भैरहवामा बस्दै आएकी ३२ वर्षीया भवानी रास्कोटीको मंसिर ११ गते अपरेसन गरी बच्चा जन्मेको थियो । मंगलबार सुत्केरी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाब उत्पन्न भएको थियो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले सुत्केरीको मृत्यु भएपछि तनाब उत्पन्न भएको र मृतकका आफन्तले डाक्टरमाथि आक्रमण गरेको जानकारी दिए ।
सुत्केरीको मृत्यु भएपछि उत्पन्न तनाब समाधानमा क्रममा बिरामीका आफन्तले डा. बस्यालमाथि आक्रमण गरी गम्भीर घाइते बनाएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार मृतकका आफन्तले मृत्युको विषयमा छानबिन गर्नेभन्दा पनि सुरुदेखि नै ५० लाख रुपैयाँ क्षतिपूर्ति रकम मागेपछि स्थिति असहज बन्दै गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





