विराटनगर । मोरङको उर्लाबारी आगलागी परी घाइते भएका राम नरेश मरिता (यादव) को उपचारका क्रममा निधन भएको छ ।
काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उर्लाबारी– ७ का ४३ वर्षीय यादवको उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएका हुन् ।
अस्पतालको आईसीयू कक्षमा उपचाररत यादवको सोमबार राति ११ बजे निधन भएको दासले बताए । यादवको मृत्यु भएसँगै घटनामा ज्यान गुमाउनेको सङ्ख्या ५ पुगेको छ । यसअघि तपन पण्डित, कुमार दाहाल ,कुमार तामाङ र रुकुमबहादुर कार्कीको मृत्यु भएको थियो ।
गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी– ७ दीपक कार्कीको सुन पसलमा अचानक आगलागी हुँदा आगो निभाउने क्रममा ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।
कीर्तिपुर बर्न अस्पतालमा २० जना घाइतेहरू उपचाररत रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । जसमध्ये आइसियु कक्षमा २ जना उपचाररत रहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ज्योति विकास बैंकका ग्राहकलाई "Bhotekoshi Heli Resort and Spa Pvt. Ltd." मा विशेष छुट
- एआई नीतिलाई उद्यमशिलता विकास र रोजगारी सिर्जनामा प्रयोग गरौ ः चेम्बर
- ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान
- हिउँले छपक्कै छोपेको मुस्ताङ–डोल्पा जोड्ने सडक
- नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित
- आदिवासी जनजाति महोत्सवः तीन जातिका नमुना घर निर्माण
- उद्योग दर्तादेखि संचालनसम्म एकद्धार प्रणाली कार्यान्वयन गर्न चेम्बरको सुुझाव
- महालक्ष्मी विकास बैंंक लि.को २४ औं वार्षिक साधारण सभा सम्पन्न


ट्रेन्डिङ
खबरमुकाम







