काठमाडौँ । महसुल नतिरेपछि लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको विद्युत लाइन काटिएको छ । महसुल नतिरेपछि दाङको देउखुरीस्थित मन्त्रालयमा मंसिर ५ गते विद्युत लाइन काटिएको हो । जडान भएको विद्युत लाइन काटिएपछि मन्त्रालय पाँच दिनदेखि विद्युतविहीन छ । हालसम्म बिजुली जडान नहुँदा मन्त्रालयको कामकाजसमेत प्रभावित भएको छ ।
रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत कनेक्सन काटिएको प्राधिकरणको लमही शाखाले जनाएको छ । कार्यालय प्रमुख युवराज रावतका अनुसार बुटवलमा रहेको मन्त्रालयको नाममा जडान भएको विद्युतको दुई लाख ७२ हजार २६४ रुपैयाँ महसुल भुक्तानी गर्न बाँकी छ । देउखुरीमा रहेको मन्त्रालयको नाममा जडान विद्युतको भने एक रुपैयाँ पनि बाँकी बक्यौता छैन ।
रकम भुक्तानी गर्ने विषयमा मन्त्रालय जिम्मेवार नभएपछि बाध्य भएर विद्युत कटौती गर्नुपरेको रावतले बताए । ‘बुटवल कार्यालयबाट पटकपटक पत्राचार भएअनुसार हामीले यहाँबाट मन्त्रालयको विद्युत काट्नुपर्यो,’ उनले भने, ‘मन्त्रालयको नाममा जडान भएको विद्युतको एक रुपैयाँ पनि बाँकी बक्यौता छैन । बुटवलको रकम नतिर्दा यहाँबाट बिजुली काट्नुपरेको हो ।’
बुटवलमा स्वास्थ्य मन्त्रालय बसेको कार्यालयमा भने गैरसरकारी संस्थाको कार्यालय छन् । यता स्वास्थ्य मन्त्रालयका सचिव डा। जनार्दन शर्माले बिना जानकारी विद्युत काटिएको बताए । ‘पत्र पठाएको २४ घण्टाभित्र बिजुली काटियो । पैसा नतिर्ने भन्ने हुन्न । महसुल भुक्तानीको लागि काम हुँदै छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





