काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो ।
आइतबार १ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो सँगै नेपाली बजारमा सुनको भाउ इतिहासकै महङ्गो बनेको छ । यसअघी गत कार्तिक १२ गते १ लाख १७ हजारमा कारोबार भएको थियो सो मूल्य हालसम्मकै उच्च थियो ।
आज तेजावी सुन १ लाख १६ हजार ८५० रूपैयाँ तोकिएको छ । यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । हिजो १४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






