काठमाडौं । नेकपा एमाले ताप्लेजुङले पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलगायत नेताहरुमाथि गरिएको ढुंगामुढाको निन्दा गर्दै कारबाहीको माग गरेको छ ।
आइतबार ताप्लेजुङमा आयोजित विभिन्न चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सकेर फर्कने क्रममा भट्टराई सवार मोटरमाथि पहिचानवादीहरुले गरेको आक्रमणले भर्त्सना गर्दै कारबाहीको माग गरेको हो ।
कार्यवहाक अध्यक्ष सन्तोष खड्काले जारी गरेको विज्ञप्तिमा आतंकित, अवान्छित र अमर्यादित क्रियाकलाप गर्ने अराजक समुहलाई तत्काल नियन्त्रण गरी कडा भन्दा कडा कानुनी कार्बाही गरी जिल्लावासीमा शान्ति शुरक्षाको प्रत्याभुति गर्नको लागि नेपाल सरकार, स्थानीय प्रशासन समक्ष अबिलम्ब कार्बाहीको माग गरिएको छ ।
आइतबार दिउँसो भट्टराई सवार गाडीमाथि तोडफोड भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





