विराटनगर । कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश गर्ने तयारी छ ।
प्रदेश सभा सचिवालयका अनुसार सरकारले विनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश हुन लागेको हो ।
तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक वर्षका लागि पहिलो पटक अध्यादेशबाट जेठ ३२ गते बजेट ल्याएका थिए । अध्यादेशको ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बजेटको प्रतिस्थापन विधेयक पेश नभएपछि दोस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले २४ भदौमा पुन: प्रतिस्थापन विधेयक ल्याएका थिए ।
नयाँ मुख्यमन्त्री केदार कार्कीले अध्यादेशबाट आएको बजेटभन्दा आकार बढ्ने गरी प्रतिस्थापन विधेयक पेश गर्न लागेका हुन् । विधेयकमा भौतिक पूर्वाधारको क्षेत्रमा २५ लाखभन्दा मुनिका नयाँ आयोजना नराख्ने सरकारले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





