बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ४ महिनामा सरदर ९ प्रतिशत बजेट खर्च गरेको छ । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड ९७ बजेट विनियोजन गरिएकोमा हालसम्म पुँजीगत खर्च ६.५९ प्रतिशत र चालु खर्च १४.३१ प्रतिशत गरी जम्मा ९.८७ प्रतिशत खर्च गरेको हो ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि पुँजीगत खर्च २३ अर्ब २५ करोड ६९ लाख १ हजार र चालु खर्च १७ अर्ब २२ करोड २७ लाख ९९ हजार गरी कुल ४० अर्ब ४७ करोड ९७ बजेट विनियोजन गरेको थियो ।
जसमध्ये चालु र पुँजीगत गरी ३ अर्ब ९९ करोड ७ लाख ५१ हजार २५७ अर्थात् ९.८७ प्रतिशत बजेट खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख दीपक ज्ञवालीले बताए ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० को अन्तिम महिना असारको ७ गतेदेखि २४ गतेसम्म मात्रै ७ अर्ब ३५ करोड ४६ लाख बजेट खर्च गरेको थियो ।
कुन मन्त्रालयले कति गरे खर्च ?
लुम्बिनी प्रदेशमा सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा गरेको खर्च सन्तोषजनक नभएको आर्थिक क्षेत्रका जानकारहरू बताउँछन् । प्रदेशमा १० मन्त्रालय छन् । तीमध्ये यो अवधिमा सबैभन्दा धेरै गृह मन्त्रालयले बजेट खर्च गरेको छ भने सबैभन्दा कम भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको छ ।
गृह मन्त्रालयले कुल विनियोजित बजेट ६७ करोड ३८ लाख ६५ हजारमध्ये २९.३८ प्रतिशत खर्च गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले १३ अर्ब ७७ करोड ८८ लाख ५४ हजार बजेटमध्ये ५.३१ प्रतिशतमात्रै खर्च पहिलो चौमासिकमा खर्च गरेको छ ।
यस्तै, अर्थ मन्त्रालयले चालु तथा पुँजीगत गरी ११.८० प्रतिशत बजेट खर्च गरेको छ ।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १ अर्ब ५२ करोड ९७ लाख ७३ हजार बजेटमध्ये हालसम्म १०.४० प्रतिशत खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १ अर्ब ५९ करोड ७७ लाख ७२ हजार बजेटमध्ये चालु र विकास खर्च गरी ४ महिनामा ४.२९ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
कृषि तथा भूमि व्यवस्था मन्त्रालयले १ अर्ब ९५ करोड ९२ लाख ५० हजार बजेटमध्ये ११.१३ प्रतिशत खर्च गरेको छ । वन तथा वातावरण मन्त्रालयले १३.३६ प्रतिशत, खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले १२.३६ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ८.५० प्रतिशत, स्वास्थ्य मन्त्रालयले १२.५६ प्रतिशत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
प्रदेशमा वन तथा वातावरण मन्त्रालयको बजेट २ अर्ब ७ करोड २७ लाख १७ हजार छ । यस्तै खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयसँग ५ अर्ब ९५ करोड १९ लाख ५२ हजार, सामाजिक विकास मन्त्रालयसँग २ अर्ब ८८ करोड ७७ लाख ५० हजार र स्वास्थ्य मन्त्रालयसँग ४ अर्ब ४३ करोड ४४ लाख २ हजार बजेट छ ।
यस्तै लुम्बिनी प्रदेश सभाको ३३ करोड ८लाख ३ हजार बजेटमध्ये हालसम्म १७.१३ प्रतिशत खर्च भएको छ । प्रदेश लोकसेवा आयोगले १३.०१ प्रतिशतमात्रै बजेट खर्च गरेको छ ।
लुम्बिनी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले मन्त्रालयहरूले समयमै ठेक्कापट्टा नलगाउने परिपाटीले पनि बजेट खर्च कम देखिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने
- इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर, अस्पताल भर्ना गरिएको दाबी
- भारतमा मल लिन जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ ३८ दिनपछि घर फर्किए
- आजको मौसमः देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना
- एनएमबि सरल बचत फण्ड–इले इकाईधनीलाई आकर्षक प्रतिफल वितरण गर्ने
- नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा
- स्मार्ट टेलिकम ऋण प्रकरणः इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेसहित पदाधिकारीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- महानगर र उपमहानगरमा ३ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य

ट्रेन्डिङ
खबरमुकाम







