काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव शंकर पोखरेललाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले भदौ २५, २६ र २७ गते केन्द्रीय कमिटी बैठक बोलाउन सोमबार गुण्डुबाट फोनमार्फत महासचिव पोखरेललाई निर्देशन दिएका हुन् ।
अध्यक्षको निर्देशनपछि महासचिव पोखरेलले बैठकअघि केही आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले अध्यक्ष ओलीलाई भेटेर पहिले पार्टी पुनर्गठनका लागि गठन गरिएको कार्यदल र सचिवालयको बैठक बोलाएर त्यसपछि मात्रै केन्द्रीय कमिटी बैठक आयोजना गर्नु उचित हुने बताएका हुन् ।
पार्टी पुनर्गठनका लागि गठित कार्यदलको बैठक बसेपछि सचिवालय बैठक बोलाउनुपर्ने र त्यसपछि केन्द्रीय कमिटी बैठकमा जानुपर्ने प्रस्ताव पोखरेलले अध्यक्ष ओलीसमक्ष राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्री शाहलाई भेट्ने मेयर्स फोरमको निर्णय
- ‘मेड इन नेपाल’को पहिचान जोगाउन बौद्धिक सम्पत्ति र भौगोलिक सङ्केत कानुन बलियो बनाउन जोड
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
- ह्वाइट फेदर्सको विशेष अफर : डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर



ट्रेन्डिङ
खबरमुकाम


.jpeg)




