मन्त्रिपरिषद्को बैठक सम्पन्न, यस्ता छन् निर्णय 

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आव्हानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सम्पन्न भएको हो । 

आज बसेको बैठकले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक मासिक ५ हजार रुपैयाँका दरले वृद्धि गर्ने निर्णय गरेको छ । उक्त बैठकले माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलबसमेत क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीका शिक्षकसरह कायम गर्ने निर्णय गरेको छ ।

बैठकले गरेका ११ निर्णयमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल सुधार परियोजनाका लागि जापान सरकारले उपलब्ध गराउने करिब दुई अर्ब ७३ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, नेपालमा एसियन डिजास्टर प्रिपियरनेस सेन्टरको सब–सेन्टर स्थापना गर्न स्वीकृति दिने निर्णय भएको छ ।

सूचीमा हेर्नुहोस् मन्त्रिपरिषद्का अन्य निर्णयहरू–
सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने ।

भाद्र ४ र ५ गते भारतमा हुने सीमा व्यवस्थापनसम्बन्धी जोइन्ट वर्किङ ग्रुपको १४औँ बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने ।
अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति दिने ।
नेपाल सरकार र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति दिने ।
भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ संशोधन विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने ।
नागरिक लगानी कोष ऐन, २०४७ संशोधन विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने ।
सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणी ९सचिव० मा बढुवा गर्ने ।
बढुवा भएका भट्टराईलाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै