काठमाडौं । भारतमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले दिल्लीबाट गरेको भर्चुअल पत्रकार सम्मेलनप्रति बंगलादेश सरकारले कडा आपत्ति जनाएको छ । विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रमले बंगलादेशको सार्वभौमिकता, राज्य र जनताको अपमान गरेको आरोप लगाएको हो ।
झन्डै दुई वर्षपछि पहिलोपटक सञ्चारमाध्यमसँग प्रत्यक्ष संवाद गर्दै हसिनाले डिसेम्बरसम्म स्वदेश फर्किने योजना रहेको बताएकी थिइन् । तर फर्किने मिति भने सार्वजनिक गरेकी छैनन् ।
बंगलादेशले सन् २०१३ को प्रत्यर्पण सन्धिअनुसार शेख हसिनालाई फिर्ता पठाउन गरिएको अनुरोधमा भारतले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको भन्दै असन्तुष्टि पनि जनाएको छ ।
यसबीच, पत्रकार सम्मेलनमा सहभागी भएका पूर्वकप्तान शाकिब अल हसनको घरमा पेट्रोल बम आक्रमण भएको दाबी अवामी लिगले गरेको छ । साथै, हसिनासम्बन्धी समाचार प्रकाशन गरे सञ्चारमाध्यममाथि कारबाही गर्ने चेतावनी दिइएको आरोप पनि लगाइएको छ ।
भारतले भने उक्त पत्रकार सम्मेलन निजी संस्थाले आयोजना गरेको र यसमा भारत सरकारको कुनै संलग्नता वा समर्थन नरहेको स्पष्ट पारेको छ ।
सन् २०२४ अगस्टमा सत्ता गुमाएपछि भारतमा रहेकी शेख हसिनाविरुद्ध बंगलादेशमा मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दा चलिरहेको छ । अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको छ भने अदालतले हसिनाका अभिव्यक्ति सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रसारण गर्न पनि रोक लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- मादक पदार्थ सेवन गरेका चालकको ग्यास ट्यांकरले ई–रिक्सा ठक्कर दिँदा ९ जना घाइते
- भारतबाट शेख हसिनाको पत्रकार सम्मेलनप्रति बंगलादेशको कडा आपत्ति
- घर बनाउन सञ्चय कोष सुर्खेतले दियो ३५ करोड ऋण
- ‘ब्लू सर्ज - पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदारहरू स्वदेश फिर्ता
- नाट्टा निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमा प्यानल घोषणा
- नेपाल टेलिकमद्वारा महशुल तिर्न बाँकी ग्राहकका लागि छुटको व्यवस्था
- आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
- ११४ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, परिषद् र सेवाग्राहीबीच विवाद

ट्रेन्डिङ
खबरमुकाम






