११४ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, परिषद् र सेवाग्राहीबीच विवाद 

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयमा समाज कल्याण परिषद्ले लगाएको ताला ११४ दिनपछि खोलिएको छ । बक्यौता रकम नतिरेको भन्दै तालाबन्दी गरिएको पुस्तकालयमा बुधबार परिषद्ले आफैं ताला खोलेको हो ।

यद्यपि पुस्तकालय नियमित रूपमा भने आगामी सोमबारदेखि मात्रै पाठकका लागि खुला गरिने समाज कल्याण परिषद्ले जनाएको छ । पुस्तकालय लामो समय बन्द रहँदा चौतर्फी दबाब बढेपछि परिषद्का पदाधिकारीले ताला खोल्ने निर्णय गरेका थिए । प्रारम्भमा तालाको साँचो परिषद्ले आफैं राख्ने बताएपछि पाठकहरूले त्यसको विरोध गर्दै साँचो पुस्तकालय व्यवस्थापन समिति वा प्रशासनलाई हस्तान्तरण गर्न माग गरेका थिए ।

त्यसपछि समाज कल्याण परिषद्, पुस्तकालयका प्रतिनिधि र पाठकबीच भएको छलफलबाट सहमति जुटेको हो । सहमतिअनुसार पुस्तकालय सञ्चालनमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गरिनेछ भने सोमबारदेखि पुस्तकालय पूर्ण रूपमा सञ्चालनमा आउनेछ । साथै, पुस्तकालयको तालाचाबी हालका लागि पुस्तकालय प्रशासनकै जिम्मामा रहने र सञ्चालनसम्बन्धी दीर्घकालीन मोडालिटी परिषद् र पुस्तकालय कार्यसमितिबीचको छलफलबाट तय गरिने समाज कल्याण परिषद्को भृकुटीमण्डप व्यवस्थापन कार्यालय प्रमुख खगनाथ रेग्मीले जानकारी दिएका छन् ।

समाज कल्याण परिषद्ले बक्यौता रकम नतिरेको भन्दै २०८२ चैत ३० गते पुस्तकालयमा तालाबन्दी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै