काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा कार्यरत कर्मचारीहरुलाई काठमाडौंको नयाँबजारमा रहेको पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालमा समेतमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौता बमोजिम पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालमा उपचार गर्दा नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा कार्यरत कर्मचारीहरुले विरामी दर्ता र चेक अपमा १०० प्रतिशतसम्म र अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा १० देखी २० प्रतिशतसम्म छुट हुने भएकोे छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री दीपेन्द्र राज काफ्ले र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि तर्फबाट प्रबन्ध निर्देशक श्री रोशन लुईटेलले हस्ताक्षर गरेका थिए । यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र कर्मचारीहरुले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालबाट प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।
नेपालको पहिलो बैंकको रुपमा परिचित नेपाल बैंक लिमिटेडले नेपालालभर २३१ शाखाहरु, २४६ ए.टि.एम. साथै ५८ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा पुर्याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







