काठमाडौं । नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे वापत तिर्नुपर्ने महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष ०८०/८१ सम्मको बक्यौता रकम २०८३ पौष मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छुट दिने बताइएको हो ।
कम्पनीले नजिकको दूरसञ्चार कार्यालयमा गई अवसरको सदुपयोग गर्न सम्बन्धित सबै ग्राहकहरुलाई अनुरोध समेत गरेको छ । यसका साथै कम्पनीलाई भुक्तानी गर्नुपर्ने बाँकी बक्यौता भुक्तानी नगर्ने ग्राहकहरुको नाम नामेसी सहितको विवरण कम्पनीको वेबसाइट तथा पत्रिकामार्फत सार्वजनिक सूचना प्रकाशन गरी असुली प्रक्रिया अगाडि बढाइने समेत कम्पनीले जानकारी दिएको छ ।
नेपाल टेलिकमका विभिन्न प्रकारका सेवा उपयोग गरे वापत तिर्नुपर्ने महशुल नतिर्ने ग्राहकहरुलाई लक्षित गरी यस्तो छुट उपलब्ध गराइएको हो । यसबाट ग्राहकवर्ग समेत लाभान्वित हुने र कम्पनीको बक्यौता रकम समेत असुल उपर हुने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- मादक पदार्थ सेवन गरेका चालकको ग्यास ट्यांकरले ई–रिक्सा ठक्कर दिँदा ९ जना घाइते
- भारतबाट शेख हसिनाको पत्रकार सम्मेलनप्रति बंगलादेशको कडा आपत्ति
- घर बनाउन सञ्चय कोष सुर्खेतले दियो ३५ करोड ऋण
- ‘ब्लू सर्ज - पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदारहरू स्वदेश फिर्ता
- नाट्टा निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमा प्यानल घोषणा
- नेपाल टेलिकमद्वारा महशुल तिर्न बाँकी ग्राहकका लागि छुटको व्यवस्था
- आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
- ११४ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, परिषद् र सेवाग्राहीबीच विवाद

ट्रेन्डिङ
खबरमुकाम






