काठमाडौँ । डा. गोविन्द केसीको २४औँ सत्याग्रहको तेस्रो दिन स्वास्थ्य अवस्था बिस्तारै कमजोर बन्दै गएको छ । अनशनरत डा. केसीको रगतमा ग्लुकोजको मात्रा घटेर शनिबार बिहान ५० मिलिग्राम प्रतिडेसिलिटरमा झरेको छ। उनको रक्तचापमा समेत तीव्र उतारचढाव देखिएको चिकित्सकहरूले बताएका छन् ।
मांसपेशी बाउँडिने र बोल्न गाह्रो हुनेजस्ता समस्या थपिएका छन् । अनशन सुरु गर्नुअघि नै खुट्टाको शल्यक्रिया गरिएकाले उनलाई हिँडडुल गर्न तथा शौचालय जानसमेत कठिन भइरहेको छ ।
उनको स्वास्थ्यको निरन्तर निगरानी र थप स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. जगेन्द्र दुवालको नेतृत्वमा गठित चिकित्सकीय टोली खटिएको छ ।
यसैबीच, डा. केसीले उठाएका माग सम्बोधन गर्न सरकारले संवादको पहल थालेको छ । शिक्षामन्त्री विद्या भट्टराईले शुक्रबार साँझ डा. अमृत जैसी र राति ११ बजे डा। केसीसँग टेलिफोनमार्फत कुराकानी गरेकी थिइन् ।
संवादका क्रममा डा. केसीले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने तथा गेटामा तत्काल ३०० शय्याको पूर्णकालीन अस्पताल सञ्चालन गर्नुपर्नेलगायतका माग अघि सारेका छन् ।
उनले आफ्ना माग सम्बोधन गर्ने गरी आवश्यक गृहकार्यसहित वार्तामा आउन सरकारलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






