काठमाडौं । विवादित व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले थुनामा पठाउने आदेश गरेपछि भट्टले उक्त आदेश बदरको माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् ।
भट्टले दिएको निवेदनको पेसी सोमबारका लागि तोकिएको छ । भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो । अनुसन्धानपछि विशेष सरकारी वकिलको कार्यालयमार्फत विशेष अदालतमा मुद्दा दायर गरिएको थियो ।
उक्त मुद्दाको सुनुवाइ गर्दै विशेष अदालतले भट्टलाई थुनामा पठाउने आदेश गरेको थियो । सोही आदेशविरुद्ध उनले सर्वोच्च अदालतमा निवेदन दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






