काठमाडौं । परराष्ट्र मन्त्रालयले दक्षिण–पूर्व एशियाली मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरबाट हालसम्म ८६० जना नेपालीको उद्धार गरिएको जनाएको छ । मन्त्रालयका अनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित अवैध स्क्यामिङ सेन्टरबाट उनीहरूको उद्धार गरिएको हो ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उद्धार गरिएकामध्ये ७३३ जना कम्बोडिया, ११३ जना म्यानमार, ८ जना लाओस र ६ जना थाइल्यान्डबाट रहेको जानकारी दिए ।
उनले विदेशमा अलपत्र परेका तथा स्क्यामिङ सेन्टरमा फसेका नेपालीको उद्धार र स्वदेश फिर्ताका लागि सरकारले सम्बन्धित मुलुकसँग समन्वय गर्दै आवश्यक पहललाई निरन्तरता दिइरहेको बताए ।
प्रवक्ता क्षेत्रीका अनुसार कम्बोडियामा अझै ४९ जना नेपाली विभिन्न अभियोगमा जेलमा रहेका छन् । उनीहरूलाई आवश्यक कानुनी सहायता उपलब्ध गराउन बैंककस्थित नेपाली राजदूतावासमार्फत सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






