काठमाडौँ । सरकारले सर्वसाधारणलाई मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध व्यवसायीबाट सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल लिन प्रोत्साहित गर्न नयाँ पुरस्कार योजना कार्यान्वयनमा ल्याउने भएको छ ।
‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ नारासहित बजेटमा घोषणा गरिएको उक्त कार्यक्रम कार्यान्वयनका लागि सरकारले आवश्यक तयारी अघि बढाएको हो ।
योजनाअन्तर्गत दैनिक एक जना भाग्यशाली सेवाग्राहीले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, प्रत्येक महिना दुई जना विजेतालाई बम्पर पुरस्कारस्वरूप १०र१० लाख रुपैयाँ प्रदान गरिनेछ ।
१०० रुपैयाँभन्दा बढी मूल्यका सामान खरिद गर्दा वा होटल, रेस्टुरेन्टलगायतका स्थानमा सेवा लिएर भुक्तानी गर्दा प्राप्त हुने सक्कली बिलको नम्बरका आधारमा विजेता छनोट गरिने व्यवस्था गरिएको छ । अनलाइन तथा नगद भुक्तानीबाट प्राप्त हुने बिललाई पनि योजनामा समावेश गरिनेछ ।
हाललाई प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन (मसान्त) गरी पाक्षिक रूपमा पुरस्कार घोषणा गर्ने व्यवस्था मिलाइएको छ । कार्यक्रमको सञ्चालन, पुरस्कार वितरण तथा विजेता छनोट प्रक्रियालाई व्यवस्थित बनाउन सरकारले छुट्टै कार्यविधिसमेत तयार पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





