काठमाडौं । काठमाडौंको बौद्धमा एक महिलाले आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएकी छन् । घटनामा उनको शरीरको करिब ५० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ ।
काभ्रेको तेमाल स्थायी घर भई बौद्धमा बस्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबार साँझ पौने ४ बजे बौद्ध गेटअगाडि आत्मदाहको प्रयास गरेकी हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घटनालगत्तै गुरुङलाई गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रेफर गरिएको छ ।
विवाहित गुरुङले बौद्ध क्षेत्रमा खाजाघर सञ्चालन गर्दै आएकी थिइन् । उनले आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






