मोरङ । मोरङको लेटाङ–९, जाँतेस्थित शिवशक्ति बाबा धामका संस्थापक तथा आध्यात्मिक व्यक्तित्व श्री सुजनकुमार पूर्वछाने मगर (शिवशक्ति बाबा महाराज) दुई प्रतिष्ठित धार्मिक उपाधिबाट सम्मानित भएका छन् । भारतको नरेन्द्र मोदी विचार मञ्च, अन्तर्राष्ट्रिय सन्त बौद्धिक मञ्च, इन्डो–नेपाल रिलेसन एण्ड पीस फाउन्डेसन तथा विश्व वैदिक गुरुकुल फाउन्डेसनको संयुक्त आयोजनामा सम्पन्न सनातन धर्म सम्मान समारोहमा उनलाई ‘चन्द्रगुप्ता उपाधि’ र ‘अखण्ड भारत श्री श्री श्री १००८ सन्त स्वामी’ उपाधि प्रदान गरिएको हो ।


आयोजक संस्थाले जारी गरेको सम्मानपत्रमा शिवशक्ति बाबाले वैदिक सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विकास, समाजसेवा तथा नेपाल–भारतबीचको धार्मिक एवं सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन पुर्याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको उल्लेख छ ।
पछिल्ला केही वर्षयता शिवशक्ति बाबा पूर्वी नेपालको धार्मिक क्षेत्रमा चर्चित व्यक्तित्वका रूपमा परिचित छन् । लेटाङस्थित शिवशक्ति बाबा धाममा नियमित रूपमा धार्मिक अनुष्ठान, यज्ञ, प्रवचन, आध्यात्मिक साधना तथा सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् । नेपालका विभिन्न जिल्लासँगै भारतबाट समेत भक्तजन तथा श्रद्धालुहरू धाममा पुग्ने गरेका छन् ।
हालै भारतबाट नेपाल आएका जगद्गुरु शङ्कराचार्य स्वामी ज्ञानानन्द तीर्थ महाराजको उपस्थितिमा पनि शिवशक्ति बाबा धाममा विशेष धार्मिक कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा शिवशक्ति बाबालाई विभिन्न धार्मिक सम्मान प्रदान गरिनुका साथै सनातन धर्मको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न आग्रह गरिएको थियो ।

आयोजक संस्थाका अनुसार विश्वभर सनातन सभ्यता, वैदिक संस्कार, मानव कल्याण तथा नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन योगदान पुर्याउने व्यक्तित्वहरूलाई यस्ता सम्मान प्रदान गर्ने परम्परा रहेको छ । उक्त सम्मान समारोह २०८३ असार २८ गते ९१२ जुलाई २०२६० मोरङको लेटाङ–९, जाँतेस्थित शिवशक्ति बाबा धाममा सम्पन्न भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






