काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको पवित्र साउन महिनाको पहिलो सोमबार आज देशभरका शिवालयहरूमा विशेष पूजा–आराधना, जलाभिषेक र दर्शनका लागि भक्तजनको उल्लेख्य भिड लागेको छ । राजधानीस्थित पशुपतिनाथ मन्दिरसहित प्रमुख शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीहरूको लाम देखिएको छ ।
भगवान् शिवलाई समर्पित साउन महिनाको प्रत्येक सोमबार व्रत बस्ने, पूजा–आराधना गर्ने, जल चढाउने, जप–तप तथा दान–पुण्य गर्ने परम्परा रहिआएको छ । धार्मिक मान्यताअनुसार श्रद्धा र भक्तिभावका साथ शिवको आराधना गर्दा मनोकामना पूरा हुने, मानसिक शान्ति प्राप्त हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि आउने विश्वास गरिन्छ ।
धर्मशास्त्रमा साउन महिनालाई तप, जप, व्रत र शिवभक्तिका लागि विशेष फलदायी समयका रूपमा वर्णन गरिएको छ । यही कारण साउनभर विशेषगरी सोमबारका दिन शिवालयहरूमा भक्तजनको चहलपहल बढ्ने गर्दछ ।
साउन महिना भगवान् शिवसँग विशेष रूपमा जोडिनुको आधार समुद्रमन्थनको पौराणिक प्रसंग मानिन्छ । पुराणअनुसार देवता र दानवले अमृत प्राप्तिका लागि समुद्रमन्थन गर्दा सबैभन्दा पहिले कालकूट (हालाहल) विष निस्किएको थियो । त्यस विषबाट सृष्टिको रक्षा गर्न भगवान् शिवले विष ग्रहण गरेपछि उनको शरीरको ताप कम गराउन देवताहरूले निरन्तर जल अर्पण गरेका थिए । यही घटनाको स्मरणस्वरूप साउन महिनाभर शिवलिङ्गमा जलाभिषेक गर्ने परम्परा चलिआएको धार्मिक विश्वास छ ।
सोमबारलाई पनि भगवान् शिवको विशेष दिनका रूपमा मानिन्छ । संस्कृतमा ‘सोम’ शब्दको अर्थ चन्द्रमा हुने र शिवले आफ्नो जटामा चन्द्र धारण गरेका कारण उनलाई ‘चन्द्रशेखर’ नामले समेत पुकारिने गरिन्छ ।
यस अवसरमा पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयमा सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ भने भक्तजनलाई व्यवस्थित रूपमा दर्शन गराउने व्यवस्था मिलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






