काठमाडौं । समाचार संकलन र प्रकाशन तथा प्रशारणमा अवरोध हुने गरी मिडिया हाउसको प्रवेशद्धार अगाडी एकै पटक निजी सवारीसाधन पार्किङ गरिएको घटनाप्रति नेपाल मिडिया सोसाइटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै सोसाइटीले आपत्ति जनाएको हो ।
आज विहान ७ बजे एकैपटक काठमाडौंको तिनकुने स्थित कान्तिपुर दैनिक तथा कान्तिपुर टेलिभिजन, नयाँ बानेश्वर स्थित अनलाइन खबर र मध्यवानेश्वर स्थित हिमालय टेलिभिजनको कार्यालय प्रवेशद्धार अगाडी आवागमन अवरुद्ध हुनेगरी रहस्यमय तरिकाले निजी सवारी साधन पार्किङ गरेको पाइएपछि दिनभर जसो यस कार्यको चर्चा भएको छ ।
यस प्रकरणमा विभिन्न राजनीतिक दल तथा नेपाल पत्रकार महासंघ लगायतले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । यसै सन्दर्भमा सोसाइटीले पनि जनताको सुसुचित हुने संवैधानिक अधिकारलाई कुण्ठित गर्ने यस्तो गतिविधिको अनुसन्धान गरी दोषीमाथि हदैसम्मको कारवाही गर्न माग गरेको छ । साथै मिडिया हाउसलाई आतंकित पार्ने यस्ता गतिविधि नदोहोर्याउन पनि चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






