काठमाडौं । मिटरब्याज पीडितहरूले न्यायको माग गर्दै जनकपुरबाट सुरु गरेको पैदल न्याय मार्च चौथो दिन पनि निरन्तर अघि बढेको छ । २५ असारदेखि सुरु भएको यात्रा आज सर्लाहीको लालबन्दीबाट काठमाडौंतर्फ अगाडि बढाइएको हो ।
आयोजकका अनुसार राज्यको ध्यानाकर्षण गराउँदै मिटरब्याज पीडितका समस्या समाधान र विगतका सहमति कार्यान्वयन गराउन दबाब सिर्जना गर्ने उद्देश्यले सुरु गरिएको यो मार्च काठमाडौं नपुगेसम्म नरोकिनेछ ।
मार्चमा सहभागी सयौँ पीडितहरूले ‘चुपचाप तमसुक फाड’, ‘अधिकार माग्न काठमाडौं जान पर्दैन’ लगायतका नारासहितका प्लेकार्ड बोकेर सरकारसँग न्यायको माग गरिरहेका छन् । उनीहरू दैनिक करिब २० देखि २६ किलोमिटर पैदल यात्रा गर्दै राजधानीतर्फ अघि बढिरहेका छन् ।
आन्दोलनकारीहरूको भनाइमा सरकारले मिटरब्याज पीडितसँग यसअघि चारपटक विभिन्न सहमति गरे पनि ती कार्यान्वयन नभएकाले फेरि आन्दोलनको बाटो रोज्न बाध्य भएको हो । उनीहरूले सरकारले तत्काल प्रतिबद्धता कार्यान्वयन गरी पीडितलाई न्याय दिनुपर्ने माग गरेका छन् ।
आयोजकका अनुसार यात्रा निर्धारित तालिकाअनुसार अघि बढिरहेको छ र करिब एक साताभित्र काठमाडौं पुगेर थप दबाबमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






