काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आइतबार विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा औसत स्थानभन्दा केही माथि र पूर्वतर्फ नेपालको तराई नजिक रहेकाले वर्षाको प्रभाव बढ्ने देखिएको हो ।
विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमानअनुसार आज देशभर अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ । हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पहाडी क्षेत्रमा धेरै स्थानमा तथा मधेस, कोसी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ ।
विभागका अनुसार मधेस प्रदेशसहित कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । रातिको समयमा पनि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बदली कायम रहने र वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ ।
राति विशेषगरी कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । यी तीनै प्रदेशका केही स्थानमा अति भारी वर्षा पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो जान सक्ने तथा तराईका होचा स्थानमा डुबानको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






