काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिरेन्द«नगर नगरपालिका वडा नं १, धोदेखाली स्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयमा पानी टयाङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ । बैंकको पश्चिम क्षेत्र प्रमुख महेन्द« खनालले बिरेन्द«नगर नगरपालिका वडा नं १ को वडा अध्यक्ष दिनेश खत्रीलाई पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेका हुन् ।
विद्यालयमा खानेपानी आपूर्तिका लागि डिप बोरिङ प्रणाली जडान गरिएको भएता पनि पानी शुद्धीकरण गर्ने व्यवस्था उपलब्ध नभएको कारण विद्यार्थी तथा शिक्षकहरू हालसम्म शुद्ध पानी प्रयोग कठिन रहेको थियो । यस अवस्थालाई मध्यनजर गर्दै विद्यालयको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले बैंकले पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर प्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष खत्रीले विद्यालयको आवश्यकतालाई महसुस गर्दै सहयोग प्रदान गरेकोमा बैंकप्रति हार्दिक आभार व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर भक्त सुनारले बैंकद्वारा प्रदान गरिएको पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायरबाट विद्यार्थी तथा शिक्षकहरूले स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने तथा यसले स्वस्थ शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, बैंकका पश्चिम क्षेत्र प्रमुख खनालले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायको आवश्यकता पहिचान गरी यस्ता सहयोगात्मक कार्यक्रममार्फत समुन्नत समाज निर्माणमा हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, बिरेन्द्रनगर नगरपालिका वडा नं १ को वडा अध्यक्ष, विद्यालय व्यवस्थापनका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- उपभोक्ता अधिकार संरक्षण सम्बन्धी के छ कानुनी व्यवस्था
- व्यावसायिक संस्थामा राजनीति नगर्न सभामुख अर्यालको सुझाव
- बागमतीका मुख्यमन्त्री बानियाँले भदौ ३ मा विश्वासको मत लिँदै
- खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त
- नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित
- आजको मौसमः मेघगर्जन र चट्याङसहित यी स्थानमा पानी पर्ने
- जेनजी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्मः अब युवाले खोजेको उत्तर के हो ?
- मुक्तिनाथ विकास बैंकको नाइमा एक्सपो लक्षित अटो लोन योजना


ट्रेन्डिङ
खबरमुकाम







