काठमाडौं । लगातारको वर्षापछि बागमती नदीको जलस्तर बढ्दा काठमाडौंको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ ।
बाढीको पानी होल्डिङ सेन्टरभित्र प्रवेश गरेपछि त्यहाँ अस्थायी रूपमा बसोबास गरिरहेका विस्थापित परिवारहरू सुरक्षित स्थानतर्फ सारिएका छन् । यससँगै उनीहरू फेरि एकपटक विस्थापनको मारमा परेका छन् ।
गृह मन्त्रालयका अनुसार प्रभावित क्षेत्रको अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित विषयगत क्लस्टरहरू परिचालन गरिएको छ । प्रभावित परिवारका लागि तत्काल खाना, शुद्ध खानेपानी तथा अन्य अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने काम भइरहेको मन्त्रालयले जनाएको छ ।
स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ । साथै, वर्षा जारी रहेकाले बाढीको जोखिम अझ बढ्न सक्ने भन्दै सम्बन्धित निकायले अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






