काठमाडौं । निरन्तर वर्षाका कारण देशका विभिन्न जिल्लाका नदी तथा खोलामा आज बाढीको जोखिम बढ्ने पूर्वानुमान गरिएको छ । विशेषगरी काठमाडौं उपत्यका आसपासका नदी तथा खोलामा आकस्मिक बाढी आउने सम्भावना उच्च रहेकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको हो ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भएर बग्ने नदी तथा खोलामा आज उच्च जोखिम रहने देखिएको छ । ती क्षेत्रका नदी किनार, तटीय बस्ती तथा डुबान हुन सक्ने स्थानमा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
त्यसैगरी नुवाकोट, रसुवा, धादिङ, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, खोटाङ, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी र कास्कीका नदी तथा खोलामा मध्यम तहको बाढीको जोखिम रहेको जनाइएको छ ।
बारा, पर्सा, रौतहट, कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, प्युठान, जाजरकोट, जुम्ला र दार्चुला लगायतका जिल्लामा रहेका साना नदी तथा खोलाको बहाव पनि उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सचेत रहन विभागले आग्रह गरेको छ ।
विभागका अनुसार आज देशका केही प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेकाले नदी तथा खोलाको सतह एक्कासि बढ्न सक्छ । विशेषगरी नदी किनारमा बसोबास गर्ने, माछा मार्ने, नदीजन्य सामग्री संकलन गर्ने तथा यात्रा गर्नेहरूले मौसम र बाढीसम्बन्धी सूचनालाई ध्यानमा राखेर आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






