काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले विशेषगरी पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षासमेत हुन सक्ने जनाएको छ ।
विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनेछ भने उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ ।
यस्तै, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोसी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
रातिको समयमा पनि अधिकांश भूभागमा बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनसहित वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
त्यस्तै, मधेस, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ । साथै, कोसी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेकाले नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागतर्फ औसत अवस्थाकै आसपास रहेकाले वर्षाको गतिविधि अझ केही दिन निरन्तर रहने मौसमविद्को अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






