हेटौँडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गराउन नेपाली कांग्रेसले आफ्ना सबै प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको छ ।
शनिबार कांग्रेसका महामन्त्री गुरुराज घिमिरेको उपस्थितिमा बसेको बागमती प्रदेश संसदीय दलको बैठकले बजेट पार्टीको नीति, प्राथमिकता र बजेट निर्माण सहजीकरण कार्यदलका सुझावअनुसार तयार भएको निष्कर्ष निकाल्दै प्रदेश सभा सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको हो ।
बजेट निर्माण प्रक्रिया र योजना बाँडफाँटलाई लिएर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पक्ष र पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा निकट सांसदबीच देखिएको असन्तुष्टिपछि केही सांसदले बैठकसमेत बहिष्कार गरेका थिए ।
शनिबारको निर्णयसँगै प्रदेश सभामा बजेट पारित हुने बाटो खुलेको कांग्रेसको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- उपभोक्ता अधिकार संरक्षण सम्बन्धी के छ कानुनी व्यवस्था
- व्यावसायिक संस्थामा राजनीति नगर्न सभामुख अर्यालको सुझाव
- बागमतीका मुख्यमन्त्री बानियाँले भदौ ३ मा विश्वासको मत लिँदै
- खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त
- नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित
- आजको मौसमः मेघगर्जन र चट्याङसहित यी स्थानमा पानी पर्ने
- जेनजी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्मः अब युवाले खोजेको उत्तर के हो ?
- मुक्तिनाथ विकास बैंकको नाइमा एक्सपो लक्षित अटो लोन योजना


ट्रेन्डिङ
खबरमुकाम







