काठमाडौं । देशभर मनसुन सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा मेघगर्जन, चट्याङ र भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली छ। बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ । हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । उच्च हिमाली भेगका केही स्थानमा हिमपात हुन सक्नेछ भने तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, पहाडी र तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । यसका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा नदी–नालामा पानीको सतह बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दा तथा यात्रुलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकारी कार्यालय खाली गर्न ट्रेड युनियनलाई तीन दिनको अल्टिमेटम
- ५०० दिनभित्र भूमिहीन र सुकुम्वासीको समस्या समाधान गर्ने सरकारको लक्ष्य
- कांग्रेस इतर पक्षले साउन ६ मा काठमाडौंमा बृहत् कार्यक्रम गर्ने, १५औँ महाधिवेशनबारे रणनीति तय हुने
- भारतका प्रतिष्ठित शंकराचार्यको उपस्थितिमा माँ कालीको मूर्तिको प्राणप्रतिष्ठा गरिने
- डिजिटल एड प्लेटफर्म “एड्सारो नेपाल” सार्वजनिक
- नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न
- बालेन्द्र शाह सरकारको सय दिन र मधेसको मौन प्रश्न
- डोल्पामा लेदोसहितको बाढी: एक महिलाको मृत्यु, ६ जना घाइते

ट्रेन्डिङ
खबरमुकाम



.jpeg)



