काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले साउन ६ गते बीपी स्मृति दिवसको अवसरमा काठमाडौंमा बृहत् कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकपछि नेता मीन विश्वकर्माले कार्यक्रम सम्पर्क कार्यालयबाट सञ्चालन हुने जानकारी दिए । कार्यक्रमको स्थान र विस्तृत कार्यतालिका भने आगामी बैठकले तय गर्ने उनले बताए ।
विश्वकर्माका अनुसार भोलि बस्ने बैठकले १५औँ महाधिवेशनको तयारी, कार्यतालिका तथा सम्पर्क कार्यालयबाट सञ्चालन हुने आगामी गतिविधिबारे पनि निर्णय गर्नेछ ।
उनले सम्पर्क कार्यालयको मुख्य उद्देश्य पार्टीभित्र एकता कायम गर्नु रहेको उल्लेख गर्दै एकताको प्रयास सफल नभए वैकल्पिक विकल्पबारे पनि छलफल भइरहेको बताए।
‘हामी पहिलो प्राथमिकतामा पार्टी एकतालाई राखेका छौँ । यदि त्यो सम्भव भएन भने अन्य विकल्पबारे पनि छलफल भइरहेको छ । यसको निष्कर्ष भोलिको बैठकले निकाल्नेछ,’ उनले भने ।
विश्वकर्माले विशेष महाधिवेशनमा सहभागी नभएका धेरै नेता–कार्यकर्ता अझै पार्टीको मूलधारबाहिर रहेको उल्लेख गर्दै उनीहरूलाई समेटेर १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिए ।
उनले निर्वाचन आयोग र अदालतबाट वैधानिकता प्राप्त कार्यसमितिलाई आफूहरूले पनि स्वीकार गरेको स्पष्ट पार्दै, त्यस संरचनाभित्र छुटेका सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने धारणा राखे ।
उनका अनुसार १५औँ महाधिवेशनलाई एकतामुखी बनाउन दबाब सिर्जना गर्ने उद्देश्यले सम्पर्क कार्यालय स्थापना गरिएको हो । पार्टी अहिले एकताको दिशाभन्दा विभाजनतर्फ उन्मुख देखिएकाले त्यसलाई रोक्न पहल आवश्यक रहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकारी कार्यालय खाली गर्न ट्रेड युनियनलाई तीन दिनको अल्टिमेटम
- ५०० दिनभित्र भूमिहीन र सुकुम्वासीको समस्या समाधान गर्ने सरकारको लक्ष्य
- कांग्रेस इतर पक्षले साउन ६ मा काठमाडौंमा बृहत् कार्यक्रम गर्ने, १५औँ महाधिवेशनबारे रणनीति तय हुने
- भारतका प्रतिष्ठित शंकराचार्यको उपस्थितिमा माँ कालीको मूर्तिको प्राणप्रतिष्ठा गरिने
- डिजिटल एड प्लेटफर्म “एड्सारो नेपाल” सार्वजनिक
- नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न
- बालेन्द्र शाह सरकारको सय दिन र मधेसको मौन प्रश्न
- डोल्पामा लेदोसहितको बाढी: एक महिलाको मृत्यु, ६ जना घाइते

ट्रेन्डिङ
खबरमुकाम



.jpeg)



