काठमाडौं । प्रहरीले सुदुरपश्चिमको कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ गरेको छ । पत्रकार भण्डारीलाई जिल्ला प्रहरी कञ्चनपुरको टोलीले आज बिहान जिल्लाको भीमदत्त नगरपालिका–१८ बाट पक्राउ गरेको हो ।
उच्च अदालतको फैसला कार्यान्वयनका लागि भण्डारीलाई पक्राउ गरिएको प्रहरीको भनाइ रहेको छ । १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा दोषी ठहर गर्दै भण्डारीलाई उच्च अदालतले एक महिना सात दिन कैदको फैसला सुनाएको थियो ।
यसअघि पत्रकार भण्डारीलाई एक महिना कैदका साथै १० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला जिल्ला अदालतले गरेको थियो ।
उच्चले एक महिना सात दिन कैद, १२ हजार एक सय रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको हो ।
निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकारी कार्यालय खाली गर्न ट्रेड युनियनलाई तीन दिनको अल्टिमेटम
- ५०० दिनभित्र भूमिहीन र सुकुम्वासीको समस्या समाधान गर्ने सरकारको लक्ष्य
- कांग्रेस इतर पक्षले साउन ६ मा काठमाडौंमा बृहत् कार्यक्रम गर्ने, १५औँ महाधिवेशनबारे रणनीति तय हुने
- भारतका प्रतिष्ठित शंकराचार्यको उपस्थितिमा माँ कालीको मूर्तिको प्राणप्रतिष्ठा गरिने
- डिजिटल एड प्लेटफर्म “एड्सारो नेपाल” सार्वजनिक
- नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न
- बालेन्द्र शाह सरकारको सय दिन र मधेसको मौन प्रश्न
- डोल्पामा लेदोसहितको बाढी: एक महिलाको मृत्यु, ६ जना घाइते

ट्रेन्डिङ
खबरमुकाम

.jpeg)





