काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समता एजुकेशन फाउन्डेसनलाई रु. ५,००,००० आर्थिक सहयोग प्रदान गरेको छ । शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पु¥याउने उद्देश्यले उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो ।
समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वासकासाथ आईएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । सोही प्रतिबद्धताको निरन्तरतास्वरूप प्रदान गरिएको उक्त सहयोग रकम कैलाली, दोलखा र सिन्धुली जिल्लामा सञ्चालित समता एजुकेशन फाउन्डेसन अन्तर्गतका विद्यालयहरूको शैक्षिक गतिविधि सुदृढीकरण तथा गुणस्तरीय शिक्षा प्रवद्र्धनमा परिचालन गरिनेछ ।
समता एजुकेशन फाउन्डेसनले विगत लामो समयदेखि आर्थिक रूपमा विपन्न बालबालिकालाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको छ । आईएमई लाइफ इन्स्योरेन्सको यस सहयोगले फाउन्डेसनका शैक्षिक कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन तथा भविष्यमा अझ बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
‘इन्स्युरिङ फ्युचर’को मूल मन्त्रलाई आत्मसात गर्दै आईएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
- ह्वाइट फेदर्सको विशेष अफर : डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर
- मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीच व्यावसायिक सवारी कर्जाका लागि सम्झौता
- प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, भोलि दिउँसो १ बजे बस्ने



ट्रेन्डिङ
खबरमुकाम







