रास्वपाको मतदान निर्धारित समयमा नहुने, उम्मेदवारको अन्तिम सूची कुर्दै निर्वाचन आयोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि आज बिहान ९ बजे तय गरिएको मतदान निर्धारित समयमा सुरु हुन सकेको छैन । निर्वाचनका लागि आवश्यक अधिकांश प्राविधिक तयारी पूरा भए पनि उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक नभएकाले मतदान प्रक्रिया अघि बढ्न नसकेको हो ।

९९ सदस्यीय केन्द्रीय समितिका लागि हुने निर्वाचनमा खुला तथा विभिन्न समावेशी समूहका उम्मेदवारलाई छुट्टाछुट्टै क्लस्टरमा राखेर विद्युतीय मतदान प्रणाली तयार गर्नुपर्ने व्यवस्था छ । तर, निर्वाचन आयोगले अहिलेसम्म उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक नगरेकाले प्राविधिक टोलीले अन्तिम चरणको तयारी पूरा गर्न सकेको छैन ।

निर्वाचन आयोगका अनुसार रातभरको कामपछि आवश्यक प्राविधिक पूर्वाधार तयार अवस्थामा रहेको छ । आयोगबाट उम्मेदवारहरूको अन्तिम सूची प्राप्त हुनेबित्तिकै सम्बन्धित क्लस्टरअनुसार उम्मेदवारलाई समावेश गरी मतदान प्रणाली अद्यावधिक गरिनेछ ।

उम्मेदवारहरूको सूची प्राप्त भएपछि पनि प्रणालीमा विवरण प्रविष्ट गर्ने, परीक्षण गर्ने तथा अन्य आवश्यक प्रक्रिया पूरा गर्न केही समय लाग्ने भएकाले मतदान सुरु हुने समय थप पछि सर्न सक्ने आयोगले जनाएको छ ।

रास्वपाले केन्द्रीय सदस्य तथा पदाधिकारीको निर्वाचन आजै सम्पन्न गरी नतिजासमेत आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै