काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरण शैलीमा पक्राउ गरेको आरोप लगाएका छन् । मंगलबार जारी विज्ञप्तिमार्फत अध्यक्ष ओलीले उक्त पक्राउप्रति घोर निन्दा र भर्त्सना गरेका हुन् ।
अध्यक्ष ओलीले एमाले सदैव कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिँदै आएको उल्लेख गर्दै वर्तमान सरकारले विपक्षी दलहरूप्रति अराजनीतिक, अलोकतान्त्रिक र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका छन् । विज्ञप्तिमा ओलीले भनेका छन्, ‘यो दमनकारी कदम म र हाम्रो पार्टीमाथि निरन्तर भइरहेका राजनीतिक प्रहार र षड्यन्त्रको अर्को कडी हो ।’
उनले उपाध्यक्ष पौडेल पार्टीको सांगठनिक कार्यक्रमका लागि सुर्खेतमा रहेको र कार्यक्रम सकेर भोलिपल्ट नै काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिका रहेको जानकारी दिँदै सामान्य कानुनी प्रक्रिया अपनाउन सकिने अवस्था हुँदाहुँदै नियतवश पक्राउ गरिएको आरोप लगाए ।
‘सार्वजनिक पद धारण गरिसकेका तथा कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
ओलीले सरकार सत्ताको उन्मादमा अधिनायकवादी बाटोतर्फ उन्मुख भएको दाबी गर्दै विपक्षी दलका नेताहरूमाथि लक्षित प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएका छन् ।
साथै, उनले सरकारका स्वेच्छाचारी र लोकतन्त्रविरोधी गतिविधिविरुद्ध सम्पूर्ण देशभक्त, न्यायप्रेमी तथा लोकतान्त्रिक शक्तिहरूलाई एकजुट भएर प्रतिवाद गर्न आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्तो छ आज बिदेशी मुद्राको नेपाली मूल्य
- विष्णु पौडेलको गिरफ्तारीप्रति ओलीको आपत्ति, सरकारमाथि प्रतिशोधको आरोप
- हालान्ड चम्किँदा नर्वे विश्वकपको नकआउट चरणमा
- नगरकोटमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ
- आज पहाडी क्षेत्रमा पानी पर्ने, तराईमा तातो लहर
- प्रतिनिधि विवादले रास्वपाको बन्दसत्र भोलिसम्म स्थगित
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते



ट्रेन्डिङ
खबरमुकाम






