काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहसँग आबद्ध युवा नेताहरूले जेठ ३० गते काठमाडौंमा बृहत् युवा भेला आयोजना गर्ने भएका छन् । पार्टीको आन्तरिक अवस्था, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको हो ।
युवा नेता भुपेन्द्रजंग शाहीले जानकारी दिएको जानकारी अनुसार भेलाका लागि पाँच प्रमुख एजेन्डा तय गरिएको छ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र भ्रातृ संस्थाका तदर्थ समितिहरू खारेज गर्ने, क्रियाशील सदस्यता अद्यावधिकका क्रममा हुने भनिएका अनियमितता रोक्ने, आगामी भदौभित्र महाधिवेशन सम्पन्न गर्ने तथा पार्टी नेतृत्व र जिम्मेवारीमा युवा पुस्ताको सहभागिता बढाउने विषयलाई प्राथमिकतामा राखिएको छ ।
आयोजकका अनुसार कार्यक्रममा सभापति शेरबहादुर देउवा तथा नेता डा. शेखर कोइराला निकट युवा नेताहरूको उपस्थिति रहनेछ ।
भेलाको संयोजन भुपेन्द्रजंग शाही, धमेन्द्र नेम्वाङ, खगेन्द्र मल्ल, दीपक भट्टराई, मनोहरि श्रेष्ठ, दुजाङ शेर्पा, प्रेमिका राना, सागर परियार, रिता शाही, मैना कार्की, चन्दा जोशीलगायतका युवा नेताहरूले गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






