काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का सभापति रवि लामिछानेले आजदेखि छिमेकी राष्ट्र भारतको भ्रमण गर्ने भएका छन् । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा लामिछाने आज त्यस तर्फ प्रस्थान गर्न लागेका हुन् ।
पाँचदिने भ्रमणका लागि भारत जान लागेको लामिछाने जेठ २२ गते स्वदेश फर्किने तालिका रहेको छ । पार्टीका प्रवक्ता मनिष झाले आइतबार नै प्रेस विज्ञप्ति जारी गरेर भ्रमणबारे बताएका थिए । लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची सार्वजनिक भएको छ ।
लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकसँग पनि अन्तर्क्रिया गर्ने तालिका छ । लामिछाने व्यक्तिगत भ्रमणको सिलसिलामा अयोध्यासमेत जाने तालिका छ ।
भारतीय जनता पार्टी (बिजेपी)का विदेश विभाग इन्चार्ज विजय चौथाइवालाले पनि प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेको भारत भ्रमण हुन लागेको बताएका छन् । उनले भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीनसहित वरिष्ठ नेताहरुसँग नयाँ दिल्लीमा भेटको तालिका रहेको बताएका छन् ।
लामिछानेको भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य एवम् प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





