काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नयाँ वानेश्वरमा अबस्थित नेपाल वाल सेवा फाउन्डेसनका बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको छ । संस्थाले सञ्चालनको सुरु समय देखि विभिन्न जिल्लाका अनाथ, असहाय वालवालिकाहरुको सेवा गर्दै हाल ४५ जना बालबालिकाहरुको संरक्षण गरिरहेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त बाल आश्रममा आश्रित बालबालिकाहरु मध्ये शाम्भवि स्कुलमा अध्ययन गर्ने ८ जना बालबालिकाहरुको लागि वार्षिक पढाई शुल्क रु. ३०,००० का दरले जम्मा रु २,४०,००० (अक्षरेपी दुई लाख चालिस हजार रुपैयाँ मात्र) को आर्थिक सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले मानव कल्याण र समाज हितका क्षेत्रमा विभिन्न गतिविधिहरू गर्दै आएको छ । यस प्रकारका कार्यप्रति कम्पनिले सक्रिय भूमिका निभाउँदै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्न, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्याउने योजना रहेको बताएको छ । यस्ता प्रयास मार्फत संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ । भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना कम्पनीले बनाएको छ ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ । हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६८ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । साथै, १७,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- उपभोक्ता अधिकार संरक्षण सम्बन्धी के छ कानुनी व्यवस्था
- व्यावसायिक संस्थामा राजनीति नगर्न सभामुख अर्यालको सुझाव
- बागमतीका मुख्यमन्त्री बानियाँले भदौ ३ मा विश्वासको मत लिँदै
- खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त
- नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित
- आजको मौसमः मेघगर्जन र चट्याङसहित यी स्थानमा पानी पर्ने
- जेनजी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्मः अब युवाले खोजेको उत्तर के हो ?
- मुक्तिनाथ विकास बैंकको नाइमा एक्सपो लक्षित अटो लोन योजना


ट्रेन्डिङ
खबरमुकाम







