काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर निर्धारण गरेको छ । आजको लागि निर्धारण गरिएको विनमयदर अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यसैगरी, अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ । हिजो अमेरिकी डलरको मूल्य १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको थियो ।
युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ १२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८२ पैसा तोकिएको छ भने यूके पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०७ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।
स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५८ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ७४ पैसा तथा बिक्रीदर ११० रुपैयाँ १७ पैसा कायम गरिएको छ ।
क्यानेडियन डलर एकको खरिददर ११२ रुपैयाँ १४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ५७ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ ३३ पैसा र बिक्रीदर १२० रुपैयाँ ८० पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६५ पैसा र बिक्रीदर २२ रुपैयाँ ७४ पैसा रहेको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ २९ पैसा र बिक्रीदर ४२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।
थाई भाट एकको खरिददर ४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४ रुपैयाँ ७४ पैसा रहेको छ । यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर ४२ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ।
मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९१ पैसा कायम गरिएको छ । दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ २१ पैसा र बिक्रीदर १० रुपैयाँ २५ पैसा रहेको छ ।
स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६ रुपैयाँ ४८ पैसा तोकिएको छ । डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९७ पैसा र बिक्रीदर २४ रुपैयाँ ०६ पैसा कायम गरिएको छ ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९ रुपैयाँ ७६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ५०२ रुपैयाँ ४८ पैसा तथा बिक्रीदर ५०४ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ भने बहराइन दिनार एकको खरिददर ४०८ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१० रुपैयाँ ४० पैसा कायम गरिएको छ ।
ओमानी रियाल एकको खरिददर ४०० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ९७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपाल इन्जिनियरिङ कलेज र भायोनेटबीच सम्झौता
- सदनमा हर्क साम्पाङले उठाए प्रश्न, सहकारी पीडितलाई रकम दिने श्रोत के हो ?
- उपत्यकामै नक्कली मदिराको कारखाना, प्रहरीद्वारा ४ जना नियन्त्रणमा
- हावाहुरीसहितको असिना पानीपछि हुम्लामा घरगोठ बगे
- आजको मौसम, यी ठाउँमा पर्नेछ पानी
- आज पनि प्रतिनिधिसभाको बैठक, यस्तो छ कार्यसूची
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- विस्थापित सुकुम्बासीले आफ्नो व्यवस्था आफैं गर्नुपर्ने सरकारको निर्णय


ट्रेन्डिङ
खबरमुकाम






