पोखरा । विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन हुँदै आएको लिफ ट्युसन सेन्टरले आफ्नो स्थापना भएको एक वर्ष पूरा गरेको अवसरमा शनिबार प्रथम वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवकै अवसर पारेर सेन्टरले पोखरा महानगरपालिका– २८ सिसुवा चोकमा नयाँ शाखा उद्घाटन गरेको हो ।
यसअघि लेखनाथस्थित पावरहाउस, तल्लो गोगन गौँडाबाट सञ्चालन हुँदै आएको सेन्टर अब सिसुवा चोकबाट समेत सञ्चालन हुने भएको छ । नयाँ शाखाको उद्घाटनसँगै थप विद्यार्थीलाई सहज र गुणस्तरीय शैक्षिक सेवा प्रदान गर्ने लक्ष्य लिइएको सञ्चालक पक्षले जनाएको छ ।
सेन्टरका सञ्चालक अजय घिमिरेले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक ज्ञान, अनुशासन र आत्मविश्वास विकासमा समेत जोड दिँदै आएको बताए । उनले व्यस्त अभिभावक तथा गृहकार्यमा सहजीकरण गर्न नसक्ने परिवारका बालबालिकालाई सहयोग पुगोस् भन्ने उद्देश्यले लिफ ट्युसन सेन्टर स्थापना गरिएको उल्लेख गरे ।
“धेरै अभिभावक कामको व्यस्तताका कारण बच्चालाई पर्याप्त समय दिन सक्नुहुन्न । कतिपयले गृहकार्यमा सहयोग गर्न पनि सक्नुहुन्न । त्यस्ता विद्यार्थीलाई सहज वातावरणमा गुणस्तरीय शिक्षा दिनका लागि यो सेन्टर सुरु गरिएको हो,” उनले भने ।
हाल सेन्टरले कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै विज्ञान, गणित, अंग्रेजी तथा व्यवस्थापन विषयमा विशेष कक्षा सञ्चालन गर्दै आएको छ । साथै एसईई तथा ं२ तयारी कक्षालाई प्राथमिकतामा राखी नियमित मोडेल टेस्ट, करिअर परामर्श तथा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन भइरहेको जनाएको छ ।
विद्यार्थीमैत्री वातावरण, सुलभ शुल्क र अनुभवी शिक्षकमार्फत गुणस्तरीय शिक्षण प्रदान गरिएकाले पछिल्लो समय अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दै गएको सेन्टरले जनाएको छ । उत्कृष्ट नतिजाका कारण स्थानीय स्तरमा सेन्टरप्रति विश्वाससमेत बढ्दो क्रममा रहेको बताइएको छ ।
उद्घाटन तथा वार्षिकोत्सव कार्यक्रममा सेन्टरमा अध्ययन गरेका पूर्वविद्यार्थी, हाल अध्ययनरत विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ बाट नेपाल लाइफ सम्मानित
- रिपोर्टस् क्लव बन्दको बन्दै, के भन्छन् ऋषि धमला ?
- साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै
- पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो, अब कतिमा पाइन्छ ?
- चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि जंगल सफारी बन्द
- इक्वेडरमाथि सहज जित निकाल्दै मेक्सिको अन्तिम १६ मा
- आज धेरै क्षेत्रमा वर्षा र केही स्थानमा भारी वर्षा हुने
- लुम्बिनीमा आज कांग्रेस इतर समूहको प्रदेश भेला, संगठन सुदृढीकरणदेखि राजनीतिक रणनीतिसम्म छलफल हुने

ट्रेन्डिङ
खबरमुकाम







