काठमाडौं । नाडा अटो शो २०२४ मा विभिन्न ब्राण्डका नयाँ गाडी तथा सवारीहरुको बिक्री एमव् प्रदर्शन भइरहेको बेलामा पछिल्लो समय व्यक्तिका लागि आवश्यकीीय र महत्वपूर्ण पार्टसहरुको पनि सहभागिता बढ्दो छ । लामो समयदेखि नेपाली बजारमा ग्राहकहरुलाई सेवा दिँदै आएको यूनोकल ल्बयुरिकेन्ट र ओजोन व्याट्रीको पनि सहभागिता रहेको छ ।
विगतका वर्षहरुमा जस्तै राजधानीको भृकुटीमण्डपमा हिजोबाट सुरुभएको नेपालकै ठूलो सवारी मेला (नाडा अटो शो) मा विभिन्न पार्टस् तथा अति उपयोगी औजारहरु भरिभराउ देखिन थालेको छ ।
ओजोन ब्याट्री तथा यूनोकोल ल्युबरिकेन्टका संचालक रंजनराज शाक्यले भने,‘हामीले धेरै पहिलेदेखि ग्राहकका रोजाई अनुसारको सामानहरु बिक्री–वितरण गर्दै आएका छौं । नेपालभरीका ग्राहकहरुलाई सन्तुष्ट पार्ने उदेश्यले हामीले राजधानीमा मात्रै केन्द्रित नभएर विभिन्न प्रदेशहरुमा पनि सेवा दिँदै आएका छौ ।’
साथै, संचालक शाक्यले ग्राहकहरुको सन्तुष्टि नै आफूहरुको मुख्य उदेश्य भएको भन्दै कुनै पनि किसिमको सेवा आवश्यक भएमा आफुहरुलाई सम्पर्क गर्न सकिने बताए ।
ओजोन ब्राण्डको बारेमा
हालसालै मात्रै ‘ओजन ब्राण्ड’ ले ग्राहकहरुको मागलाई लक्षित गर्दै ओजोन ल्युबरिकेन्ट समेत नेपाली बजारमा ल्याइसकेको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





