काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच कर्जा कारोबार गर्ने गराउने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता बमोजिम राष्ट्रिय बीमा कम्पनी लिमिटडमा कार्यरत स्थायी कर्मचारीहरूले नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखाबाट व्यक्तिगत आवश्यकता पुरा गर्नका लागी रु. पन्ध्र लाख सम्म विनाधितो सेवाग्राही कर्जा उपभोग गर्न सक्ने गरी सम्झौता भएको हो ।
यसबाट राष्ट्रिय बीमा कम्पनी लिमिटडमा कार्यरत स्थायी कर्मचारीहरूले एकै थलोबाट वित्तीय आवश्यक्ता पूर्ति गर्न सक्ने, समय बचत हुने तथा नेपाल बैंक लि. र राष्ट्रिय बीमा कम्पनी लिमिटड बीचको संस्थागत सहकार्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ । मिति २०८३ बैशाख १६ गते बुधबारका दिन नेपाल बैंक लिमिटेडकोे प्रधान कार्यालयमा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडको तर्फबाट रिटेल कर्जा प्रमुख श्री अर्जुन बहादुर कंडेल र राष्ट्रिय बीमा कम्पनी लिमिटडको तर्फबाट मुख्य व्यवस्थापक डा. सृजना पन्तले हस्ताक्षर गरेका थिए ।
नेपालभर २३१ शाखाहरु, २४६ ए.टि.एम. साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैङ्किङ सेवा पुर्याइ प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





