काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको रक्तदान तथा निस्शुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ । बैंकको केन्द्रिय कार्यालय काठमाडौं तथा विभिन्न प्रदेशमा रहेका बैंकका प्रादेशिक कार्यालयहरुमा सञ्चालित रक्तदान कार्यक्रममा ४१३ जनाले रक्तदाताले रक्तदान गरेका छन् ।
त्यसैगरी बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा सञ्चालन गरिएको निस्शुल्क स्वास्थ्य शिविरमा २५० जना कर्मचारीले स्वास्थ्य परिक्षण गरेका छन् ।
उक्त स्वास्थ्य शिविरमा सुमेरु अस्पताल जावलाखेल (ललितपुर) का अनुभवी डाक्टरहरुद्वारा बैंकमा कार्यरत कर्मचारीहरुलाई डायबिटिज्, युरिक एसिड तथा आँखा परीक्षण, मृगौला परिक्षण (Kidney function test) सेवा निस्शुल्क उपलब्ध गराईएको थियो भने ग्क्न् त्भकत लगायतका अन्य स्वास्थ्य परिक्षण सेवा सहुलियतपूर्ण शुल्कमा उपलब्ध गराईएको थियो ।
वि.सं. २०२२ सालमा पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक आउँदो माघ १० गते आफ्नो स्थापनाको ६० वर्ष पूरा गरी ६१ औं वर्षमा प्रवेश गर्दैछ । बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकाममा सहित दुर्गम क्षेत्रमा समेत गरी ३१३ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३२२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग मार्फत आधुनिक बैंकिङ्ग सेवाहरु उपलब्ध गराईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






