काठमाडाैँ । माघे औंसीका अवसरमा नवलपुरको त्रिवेणीधाममा भक्तजनको घुइँचो लागेको छ । माघे औंसी पर्व मनाउन नेपाल र भारतका हजारौं भक्तजन त्रिवेणीधामा आइपुगेका हुन् । त्रिवेणीधाम बजारबाट २ किलोमिटर उत्तरमा रहेको गजेन्द्र मोक्ष दिब्यधाममा दर्शनार्थीको घुइँचो लागेको छ । माघे औंसीको अघिल्लो दिन शनिबारदेखि नै यहाँ मेला लागेको छ ।
भारतको बिहार, उत्तरप्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजन यहा स्नान गर्न र पुजापाठ गर्न आउने गर्छन् । त्रिवेणीधाममा रहेका दर्जनौं मठमन्दिरमा भक्तजनले रातभर भजनकिर्तन गरेर रात कटाएका गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्र भुसालले जानकारी दिए ।
त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष दिव्य धामका स्वामी कृष्ण प्रपन्नाचार्यका अनुसार माघे औंसीमा त्रिवेणीधाममा स्नान गर्न देवताहरु समेत आउने जनविश्वास रहेकाले यो औंसीमा यहाँ स्नान गर्नाले पुण्य मिल्छ ।

स्वर्णभद्रा, पुर्णभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीधाम भएकाले र महिनाहरुमा माघ श्रेष्ठ भएका कारण पनि औंसीका अवसरमा बाबुआमा नहुनेले यहा श्राद्ध गर्ने र दान दिने चलन रहेको छ । स्वामी कृष्ण प्रपन्नाचार्यका अनुसार त्रिवेणीधाम बाल्मीकी ऋषिको तपोभूमी, लवकूशको जन्मस्थल, सितामाता धर्तीमा पाताल पवेश गरेको स्थल भएकाले यो स्थान प्राग ऐतिहासिक स्थल हो ।
रामायणको रचना गरेको स्थल पनि त्रिवेणीधाम मानिन्छ । भगवान मुक्तिनाथको चरणपादुका स्थल पनि भएकाले यसको ठुलो धार्मीक महत्त्व रहेको प्रपन्नाचार्यले बताए । हात्ति र गोहिको लडाइमा भगवान नारायणले अवतार लिएको स्थान गजेन्द्रमोक्ष धाम मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






